सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा क्यू फ्रि हट्यो

२०७६ असोज २२, १०:४७ खबर संवाददाता

सुदूरपश्चिममा सार्वजनिक सवारीका साधनहरुमा लगाईएको क्यू फ्रि हटाईएको छ। तीन दिन सम्म क्यू फ्रीमा सञ्चालन भएपनि आजदेखि क्यू फ्रि हटाईएको हो। सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले आजदेखि क्यू अनुसार नै सवारी साधन सञ्चालन हुने बताए।

असोज १९ गतदेखि गाडीहरु क्यू फ्रिमा छोडिएकोमा आजदेखि क्यू अनुसार नै सञ्चालन हुने उनले बताए। रिभर साईड यातायात प्रालीका अध्यक्ष धिरज शाहीले पनि आजदेखि क्यू फ्रि हटेको बताए। उनले अव पुरानै तालिका र समय अनुसार गाडी सञ्चालन हुने बताए।

सुन्दर सुदूरपश्चिम, रिभरसाईड, मालिका, खप्प्तड मालिका लगायतका यातायात प्रालीहरुले तीन दिन सम्म सवारी साधन क्यूफ्रीमा छोडेका थिए। क्यू फ्रिमा पनि सार्वजनिक सवारीका साधन धेरै कम सङख्यामा मात्रै सञ्चालन हुँदा तीन दिन सम्म आवतजावतमा निकै सास्ती भएको थियो। 

दशैँको टिकाका लागि आफन्तको घरमा जानेहरुको घुईचो नै भएपनि सार्वजनिक सवारी सञ्चालन नहूँदा आवतजावतमा सास्ती भएको थियो। 
 

कमेन्ट लोड गर्नुस