सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टेस्ट च्याम्पियनशिपमा ९ टिमबीच प्रतिस्पर्धा

२०७६ असोज २१, ०२:१० खबर संवाददाता

गएको अगस्ट १ तारिखदेखि सुरु भएको आईसीसी टेस्ट च्याम्पियनशिपमा ९ टिमले प्रतिस्पर्धा गरेका छन्। त्यसमा पाकिस्तानले अहिलेसम्म कुनै सिरिज खेलेको छैन। ९ टिमले २०२१ सम्म ६ वटा टेस्ट सिरिज खेल्नेछन् र त्यसका शीर्ष स्थानमा रहने टीमले उपाधि भिडन्त गर्नेछन्। सबै टिमले तीनवटा सिरिज आफ्नै देशमा र तीन वटा सिरिज विदेशमा खेल्नुपर्नेछ।

शीर्ष २ मा अटाउने टिमले २०२१ को जुनमा लर्डसमा हुने फाइनल खेल्नेछन्। अहिलेसम्म अस्ट्रेलिया र इंग्ल्याण्डले पाँच पाँच तथा भारतले ३ तथा श्रीलंका, न्यूजिल्याण्ड र वेस्ट इण्डिजले दुई दुई टेस्ट खेलेका छन्। भारतले ३ खेलमा तीन वटैमा जित हात पार्दै अहिलेसम्म १६० अंक जोड्दैै तालिकाको शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डले ६० अंक जोडेको छ। २ खेलमध्ये न्यूजिल्याण्डले एउटा जितेको र अर्काेमा हार ब्यहोरोको थियो। तेस्रो स्थानमा रहेको श्रीलंकाको पनि ६० अंक छ। श्रीलंकाले पिन खेलेका दुईमध्ये एउटा जितेको र अर्काे हारेको थियो। चौथो स्थानमा अस्ट्रेलिया रहेको छ। अस्ट्रेलियाले ५ खेल खेल्दा २ मा जित २ मा हार र १ मा ड्र गर्दै ५६ अंक मात्रै जोडेको छ। पाँचौं स्थानमा रहेको इंग्ल्याण्डको नतिजा पनि अस्ट्रेलियाको जस्तै छ।

छैटौँ र सातौँ स्थानमा रहेका टिमले अंक नै जोड्न सकेका छैनन्। दक्षिण अफ्रिकाले पहिलो खेल नै हार ब्यहोरेका कारण अंक जोड्न असफल रह्यो। सातौँ स्थानमा रहेको वेस्ट इण्डिजले दुवै खेल हारेको थियो। पाकिस्तान र बंगलादेशले प्रतियोगिता नै सुरु गरेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस