सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानविरुद्धको टी–२० सिरिजमा श्रीलंकाको जित

२०७६ असोज २१, १०:४७ खबर संवाददाता

श्रीलंकाले पाकिस्तानविरुद्धको टी–२० सिरिज एक खेल अगावै जितेको छ। सोमबार राति भएको खेलमा ३५ रनको जित निकाल्दै श्रीलंकाले २–० ले सिरिजमा अग्रता बनाएको हो। लाहोरमा भएको खेलमा श्रीलंकाले घरेलु टोली पाकिस्तानलाई १८३ रनको लक्ष्य दिएको थियो।

श्रीलंकाका भानुका राजपाक्षेले ४८ बलमा ७७ रनको विस्फोटक पारी खेलेपछि पाहुना टोलीले विशाल योगफल तयार पारेको थियो। राजपाक्षेले शेहान जयसूर्यासँग ९४ रनको साझेदारी पनि गरेका थिए। जयसूर्या ३४ रनमा आउट भएका थिए। जवाफमा पाकिस्तानले १४७ रनमात्र बनाउन सक्यो। पाकिस्तानका इमाद वसिमले सर्वा्धिक ४७ रन बनाउँदा असिफ अलिले २९ तथा सर्फराज अहमदले २६ रनको योगदान दिए। अब तेस्रो तथा अन्तिम टी–२० बुधबार लाहोरमै हुनेछ ।

कमेन्ट लोड गर्नुस