सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन जना वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान

। फोटो स्रोत ।
२०७६ असोज २०, ०५:४६ खबर संवाददाता

दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको छ। शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो।

उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ रणनीति बनाउन बाटो खुलेको नोबेल कमिटी अफ द क्यारोलिन्स्का इन्स्टीच्यूटले विश्लेषण गरेको छ। पुरस्कार जित्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी कायलिन जुनियर, जोन्स होप्किन्स युनिभर्सिटीका डा. ग्रेग एल सेमेन्जा र बेलायतको फ्रान्सीस क्रिक इन्स्टीच्युटका पिटर जे राट्क्लिफ छन्।

पुरस्कारको राशी ९ लाख १८ हजार डलर रहेको छ। अवार्ड घोषणा गर्दै नोबेल कमिटीले तीन वैज्ञानिकहरुले गरेको खोज निकै महत्वपूर्ण रहेको बताएको छ।

कमेन्ट लोड गर्नुस