सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाजपा नेता, उनका दुई छोरा र भाइसहित पाँच जनाको हत्या

२०७६ असोज २०, १०:१८ खबर संवाददाता

भारतमा भाजपा नेता उनका दुई छोर र भाई सहित पाँच जनाको हत्या भएको छ। भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी भाजपाका नेता रविन्द्र खरात, उनका भाई सुनील, दुई छोरा रोहित र प्रेमसागर र एक अन्य व्यक्ति गरि पाँच जनाको अज्ञात समुहले हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।

आइतबार राति ९ बजेतीर उनको घर बाहिर हत्या भएको हो। जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। आक्रमणकारीले बन्दुक र चक्कुको मद्धतले उनीहरुलाई मारेको प्रहरीले बताएको छ। आक्रमणकारी फरार रहेको प्रहरीले बताएको छ। यो घटना पारिवारिक आपसी दुस्मनीले भएको हुन सक्ने आशंका प्रहरीको छ। प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस