सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनल विजयी

२०७६ असोज २०, ०९:४१ खबर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र म्यान्चेष्टर युनाइटेड पराजित भएका छन। आइतबार राति भएको खेलमा सिटी ओल्भ्ससँग २–० र म्यान्चेष्टर युनाइटेड न्यू क्यासलसँग १–० गोलले पराजित भएका हुन। सिटीको यो दोस्रो हार हो।  प्रिमियर लिगमै चेल्सी र आर्सनल भने विजयी भएका छन। चेल्सीले साउथह्याम्पटनलाई ४–१ गोलले हराउँदा आर्सनलले बर्नमाउथमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो। चेल्सीलाई जिताउन अब्राहम, मोउन्ट, कान्छे र बात्सुइले गोल गरे। आर्सनलका लागि डेभिड लुइजले गरेको एउटै गोल निर्णायक बन्यो। 

उता, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। आइताबार राति भएको खेलमा सेभियालाई ४–० गोलले हराउदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

बार्सिलोनालाई जिताउन लुइस स्वारेज, आर्टुरो भिडाल, ओस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरे। जितसँगै ८ खेलबाट दोस्रो अंक जोडेको बार्सिलोना १६ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा समान खेलबाट १८ अंक जोडेको रियल शीर्ष स्थानमा छ। हार ब्यहोरेको सेभिया छैटौँ स्थानमा धकेलिएको छ। ला लिगाकै अरु खेलमा मालोर्का ले एस्पान्योललाई २–०, सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओलाई १–०, गेटाफेले रियल सोसिडाडलाई २–१ गोलले हराउँदा रियल भालाडोलिड र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। 
 

कमेन्ट लोड गर्नुस