सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकमा सरकारविरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या १ सय पुग्यो

२०७६ असोज २०, ०७:२९ खबर संवाददाता

इराकमा चर्किएको सरकारविरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सख्या १ सय पुगेको छ भने चार हजारभन्दा धेरै घाइते भएका छन। बढ्दो बेरोजगारी, गरीबी र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै एक हप्तादेखि राजधानी बगदादमा भइरहेको प्रदर्शनका सहभागीलाई  सरकारले हस्तक्षेप गरेपछि ज्यान गुमाउनेको संख्या बढेको बीबीसीले जनाएको छ।प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासका साथै लाठी प्रहार गरेको छ। यसैबीच संयुक्त राष्ट्रसंघले पाँचदिनदेखिको प्रदर्शन रोक्न इराकलाई आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघका इराकका विशेष प्रतिनिधि जेन्नी हेनिसले नागरिकको ज्यान जानु गैरन्यायिक हत्या भएको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न र प्रदर्शन रोक्न पनि आग्रह गरेको छ। 
 

कमेन्ट लोड गर्नुस