सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै ओभरमा करणले लिए ३ विकेट

। फोटो स्रोत ।
२०७६ असोज १९, ०५:०५

हङकङविरुद्ध करण केसीले एकै ओभरमा ३ विकेट लिएका छन्। ओमानमा जारी पाँच देश सम्मिलित टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्।

उनले ४ दशमलव  ३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए। अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका दुई बलमा भने हङकङका निजाकत खान र शाहिद वासिफलाई आउट गराए। नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको हो। ताजा अवस्थामा हङकङले आठौँ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ।

कमेन्ट लोड गर्नुस