सुदूर नेपाललाई विश्वसँग जोड्दै

९० हजार रकमसहित आठ जना जुवाडे पक्राउ

२०७६ असोज १९, ०३:४२ खबर संवाददाता

९० हजार रकमसहित आठ जना जुवाडे पक्राउ परेका छन्। दशैँको अवसरमा जुवातास खेलिरहेका उनीहरुलाई इलाकाप्रहरी कार्यालय कोहलपुरले बाँकेबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुलाई जुवाखालसहित ९० हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। 

चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस