सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरालाई पक्राउ गर्न अदालतको अनुमति

२०७६ असोज १९, ०३:२९ खबर संवाददाता

रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि उनले पदबाट राजिनामा दिएका थिए। आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले बताए।
अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत  आज नै महरालाई पक्राउ गर्नेछ। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ। बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।

कमेन्ट लोड गर्नुस