सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यायाधीशद्धारा अदालतभित्रै आफैँमाथि गोली प्रहार

२०७६ असोज १९, ०२:३३ खबर संवाददाता

थाइल्याण्डका एक न्यायाधीशले अदालतभित्र आफैँलाई गोली हानेका छन्। उनले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै आफैलाई गोली हानेका हुन्।  हत्याको मुद्दामा संदिग्ध पाँच जना आरोपीलाई सबुतको अभावमा सफाइ दिने आफ्नो फैसलाबाट आहत भएका न्यायाधीश खनाकोर्न पियानचानाले आत्महत्या गर्ने प्रयास गरेका हुन्। 
उनले वरिष्ठ न्यायाधीशमाथि आफ्नो फैसलामा दखल पुर्याएको आरोप लगाउँदै आफू आफ्नो कर्तव्यविरुद्धको काम गर्न नसक्ने बताएका छन्।

थाइल्याण्डको दक्षिणी प्रान्त यालाको एक अदालतका न्यायाधीश पियानचानाले हत्याका पाँच जना अभियुक्तलाई आरोपीबाट सफाइ दिन परेको थियो। यद्यपि यी आरोपको आधारमा तीन जना अभियुक्तलाई मृत्युको सजाय हुन सक्थ्यो। अहिले ती न्यायाधीशलाई अदालत लगिएको छ। उनी अहिले खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्। 
देशको न्याय प्रणालीमा प्रश्न उठाएका ती न्यायाधीशले फेसबुक लाइभमा पनि देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि जनाएका थिए।

उनले भनेका थिए, ‘कसैलाई सजाय दिनुअघि स्पष्टरुपमा सबुतको आवश्यकता हुन्छ। यदि तपाईँ निश्चित हुनुहुन्न भने यस्ता मानिसलाई सजाय दिन सक्नुहुन्न। तपाईँलाई थाहा पनि छ कि यी अभियुक्तहरुले नै अपराध गरेका हुन्। न्यायिक प्रक्रिया पारदर्शी र भरोसादायक हुनुपर्छ, जसका कारण बेकसुर व्यक्तिले सजाय नपाउन्।’ ती न्यायाधीशले अदालतले धनी व्यक्तिहरुलाई राहत र गरिबलाई सजाय दिने गरेको आरोप पनि लगाएका छन्। अदालतले भने ती न्यायाधीशले व्यक्तिगत कारणले नै आत्महत्याको कोसिस गरेको बताएको छ।   
 

कमेन्ट लोड गर्नुस