सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीद्धारा शुक्लाफाटा नगरपालिकामा निःशुल्क कपडा वितरण

२०७६ असोज १८, ०९:५२

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा साझा पार्टीको शुभकामना आदान प्रदान तथा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। दशै तथा तिहारको अवसरमा पार्टीको नगर कमिटिले शुभकामना आदान प्रदानसंगै निःशुल्क कपडा संकलन र वितरण कार्यक्रमको आयोजना गरेको हो।

पार्टीले धनगढीमा रहेको कपडा बैँकमा जम्मा भएका कपडा शुक्लाफाटा नगरपालिकामा वितरण गरेको साझा युवासंघका केन्दीय सदस्य रोहित चन्दले बताए। उनका अनुसार ६० भन्दा बढि परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ। एक व्याक्तीलाई एक जोडि लुगा निःशुल्क वितरण गरिएको साझा पार्टी नगर संयोजक खगेन्द्र पाण्डेले बताए। 

कमेन्ट लोड गर्नुस