सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँमा तीन दिन सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

२०७६ असोज १८, ११:३६ खबर संवाददाता

सशस्त्र प्रहरीले दशैंको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि बस सेवा हुने छन्। दशैंको समयमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणलाई आवतजावतमा सहजता र्पुयाउन सशस्त्र प्रहरीले यो व्यवस्था गर्न लागेको हो।

एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ। सो बसले ठूलो र्भयाङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ। दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ। त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ।

यस अघि नेपाली सेनाले पनि निःशुल्क बस सेवा स्ञ्चालन गरिने बताएको थियो। नेपाली सेनाले दशैंको दिन मात्रै निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
 

कमेन्ट लोड गर्नुस