सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोहीको आक्रमणबाट बालकको मृत्यु

२०७६ असोज १८, १०:३९ खबर संवाददाता

गोहीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ९ कमलपुरका १४ वार्षीय रुपेश कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

गत बिहीबार गोठाला गएका उनीलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो। वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको पहरीले जनाएको छ। पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस