सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अन्तर संघ फुटबल प्रतियोगिताको फाईनलमा

२०७६ असोज १७, ०७:५२ खबर संवाददाता

कैलाली जिल्ला फुटबल संघ केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। आज धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई २—१ ले हराउँदै फुटबल संघ उपाधि नजिक पुगेकोे हो। फुटबल संघका लागि रगवेन्द्र कार्की र डवल थापाले एक एक गोल गरे। पत्रकार मञ्चका सन्तोष रावतले एक गोल फर्काए। 

त्यस्तै दोस्रो सेमिफाईनल भने वरावरीमा सकिएपछि नतिजामा पुग्न सकेन्। कैलाली उद्योग वाणिज्य संघ र वैंकर्स क्लब धनगढीले ३—३ को वराबरी खेलेपछि सेमिफाईनलको नतिजा अनिश्चित बनेको छ। पेनाल्टी राति भएपछि नतिजा नआएको हो। यसको विषयमा आयोजकले गरेको निर्णय मान्ने दुवै टीमले बताएका छन्। 

नैनादेवी युवा क्लबको आयोजनामा भईरहेको केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन्। प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको थियो। प्रतियोगिताको फाईनल पनि भोली नै हुने आयोजक नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीले बताए। 
 

कमेन्ट लोड गर्नुस