सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट तीन साता अघि वेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार अझै फेला परेनन्

२०७६ असोज १७, ०६:४० खबर संवाददाता

कैलालीबाट तीन साता अघि वेपत्ता भएका सशस्त्र प्रहरी जवान अझै फेला परेका छैनन्। दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत रमेश सिंह धामी अझै फेला नपरेका हुन्। 

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान धामी वेपत्ता नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत थिए। भदौँ २३ गते विदा लिएर घर आएका धामी २४ गतेदेखि वेपत्ता भएका हुन्।

उनको अन्तिम फोन लोकेसन कैलालीको चिसापानी देखिएकोले सोही ठाउँबाट उनी वेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस