सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते

२०७६ असोज १७, ०६:२१ खबर संवाददाता

केन्यामा बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ। साइयाबाट नैरोबीका लागि छुटेको बस बिहीबार राति केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दर्जनौँ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा राति करिब ११ बजेको समयमा दुर्घटना भएका बताइएको छ। दुर्घटना हुँदा बसमा ५१ जना यात्रु रहेका थिए भने दुबै सवारीका चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस