सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याङ्कर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु

२०७६ असोज १७, ०५:५८ खबर संवाददाता

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एक महिलाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक शुक्रबार बिहान साढे ६ बजेको समयमा हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना ८ ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तो सो दुर्घटनामा परि मोटरसाइकल चालक सीताका श्रीमान ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन्। हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्करदिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस