सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालविवाह गर्ने बेहुला वेहुलीसहित ७ जना मण्डपबाटै पक्राउ

। फोटो स्रोत ।
२०७६ असोज १७, ०५:३४ खबर संवाददाता

सल्यानमा बालविवाह गराइरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ चाँदेकरञ्जीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले वेहुला र वेहुलीसहित उनीहरुका आमाबुवा र पण्डितलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय वेहुला र १९ वर्षीया वेहुली सहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत, कलौटी रावत र जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य रहेका छन्।

पण्डित आचार्य हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दैआएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वेहुलीको घर शिद्धकुमाख गाउँपालिका २ शिद्देश्वरी हो। उनीहरुको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो। केटी पक्षको घरमा विवाहको सम्पुर्ण काम पूरा गरी विवाह गर्ने र गराउने टोली केटाको घरमा पुगिसकेको थियो।

दुलाहाको घरमा विवाह समारोह भइरहेको बेला पक्राउ परेका उनीहरु सबैलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो। बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

कमेन्ट लोड गर्नुस