सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा इन्धन अभाव नहुने

२०७६ असोज १७, ०१:४८ खबर संवाददाता

नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धनको अभाव नहुने जनाएको छ। निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको बताए। दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको उनले बताए। यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ। यसका अलवा डीपोहरुमा इन्धन र्पुयाएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ। यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार भएको छ।
यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ। यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छन्। उनीहरुलाई तिहारमा छुट्टी दिइने छ।

कमेन्ट लोड गर्नुस