सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानमा

२०७६ असोज १७, १२:४४ खबर संवाददाता

ओमानमा हुने पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेको छ। सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेको हो। लामो यात्रापछि ओमान झरेको टिमले शुक्रबार सामान्य प्रशिक्षण गर्नेछ। नेपालले सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा चार खेलमा एक जित २ हार खेलेको थियो भने एक खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा जित निकालेको भए नेपालको उपाधि जित्ने आशा जीवितै हुने थियो।

सिंगापुरमा नेपालले पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा घरेलु टिममाथि ९ विकेटको सानदार जित निकालेको थियो। यस्तै तेस्रो खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हारेको थियो। बिहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकोणात्मक सिरिजको उपाधि जितेको छ। अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्सले खेल्ने छन्। नेपालले पहिलो खेल अक्टोबर ६ तारिखमा  हङकङसँग खेल्ने छ।

कमेन्ट लोड गर्नुस