सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल विकास शिक्षक संघर्ष समितिद्धारा तिहार सम्मका लागि धर्ना स्थगित

२०७६ असोज १६, ०६:१८ खबर संवाददाता

भुवन भट्ट– श्रम ऐन अनुसार न्युनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गदै विगत एक सातादेखी आन्दोलनरत नेपाल बाल विकास शिक्षक संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगीत गरेको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका परिसरमा गत ६ गते देखी न्युनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कक्षा व्यवस्थापन गर्नुपर्ने माग गर्दै धर्नामा बसेको समितिले बिहिबारदेखी तिहार सम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएको छ।

बाल विकास शिक्षक संघर्ष समिति सुदुरपश्चिम प्रदेशकि वरिष्ठ उपाध्यक्ष रमा उपाध्यायले विगत २० वर्षदेखी अध्यापन गराईरहदा समेत पारिश्रमीक नबढाईएको भन्दै आन्दोलीत हुनुपरेको बताईन्। अहिले भीमदत्तनगरपालिकामा एक सय ४२ जना बाल विकास शिक्षक रहेका छन्।

सरकारले चालु आर्थिक बर्ष २०७६÷०७७ मा अन्य सरकारी कर्मचारी एवं शिक्षकका लागि तलब बृद्धि गरेपनि आफुहरुको तलब बृद्धि नगरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्। अन्र्तराष्ट्रिय श्रम संगठनको निमय अनुसार न्यूनतम पारिश्रमिक पाउनुपर्ने भएपनि मासिक ६ हजारमा श्रम गरिरहेको उनीहरुले पीडा पोखेका छन्। भीमदत्त नगरपालिकाले स्पष्ट कानुन अभावले उनीहरुको तलब बृद्धि हुन नसकेको दावी गर्दै आएको छ।    
 

कमेन्ट लोड गर्नुस