सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकासे योजना कार्यान्वयनको जिम्मा उपभोक्ता समितिलाई नदिन निर्देशन

२०७६ असोज १६, ०४:१४ खबर संवाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई खुला बोलपत्र आव्हान गरेर मात्र विकास निर्माणका काम गर्न निर्देशन दिएको छ। अधिकांश विकास निर्माणका काम उपभोक्ता समितिबाट गराउन थालेको तर उपलव्धी नदेखिएको भन्दै बोलपत्र आह्वान मार्फत योजना कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्राविधिक रुपले जटिल पूर्वाधारका काम उपभोक्ता मार्फत गराउँदा सीमित प्राविधिक ज्ञान, निर्माण सामग्री, जनशक्ति अभावले गुणस्तरीय नहुने र उपभोक्ता समितिले मर्मत सम्भारको जिम्मेवारी लिन नसक्ने भन्दै मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गरेर यस्तो निर्देशन दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सात वटै प्रदेशका मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा सार्वजनिक रुपमा बोलपत्र आव्हान गरेर काम गर्ने-गराउने व्यवस्था मिलाउन निर्देशन दिएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले १४ असोजमा गरेको पत्राचारमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस