सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले बोक्दैन :मन्त्री बाँस्कोटा

२०७६ असोज १६, ०२:४९ खबर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन्। बिहीबार नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरी व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए। 

गल्ती गर्नेले नै कारबाही बोहोर्नुपर्ने तर्क गर्दै उनले भने, ‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले र्गयो त?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उनले भने, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव?’ कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै उनले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध समेत गरे।
 

कमेन्ट लोड गर्नुस