सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका हावाहुरी पीडितले वडा कार्यालयमा तालाबन्दी गरे

२०७६ असोज १६, १२:३५ खबर संवाददाता

भुवन भट्ट– राहत वितरणमा विभेद गरिएको भन्दै असन्तुष्ट बनेका कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ७ का हावाहुरी पीडितले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । हावाहुरी पीडितलाई राहत वितरण गर्दा वास्तविक पीडितलाई छुटाएको भन्दै उनीहरुले बुधबार दिउँसो अनिश्चितकालका लागि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

वडा कार्यालयले विभेदपूर्ण तरिकाले पूर्ण क्षती भएका परिवारलाई समेत राहात वितरण गर्दा छुटाएको स्थानीयको आरोप छ। यसअघि उनीहरुले बुधबार बिहानैदेखि विरोध प्रर्दशन पनि गरेका थिए। स्थानीय गणेश अवस्थीले वडा कार्यालयले विभेदपूर्ण तरिकाले राहात वितरण गर्दा वास्तविक पीडित छुटाएपछि आन्दोलन गर्न बाध्य भएको बताए।

उनले आफूहरुका माग सम्बोधन नभए सम्म वडामा लगाईएको ताला यथावथ रहने जनाए। वास्तविक पीडितलाई उचित राहत वितरण गर्नुपर्ने माग स्थानीयको छ। कृष्णपुरको वडा नम्बर ७ मा १५ परिवार पूर्ण क्षती र आठ सय ८४ परिवार आशिंक क्षती भएको लगत संकलन गरिएको थियो।

वडा अध्यक्ष कल्लु रानाले सोही लगतका आधारमा पूर्ण क्षती भएका परीवारलाई १० हजार र आंशिक क्षति भएका परिवारलाई एक हजार पाँच सय पच्चीसका दरले राहत वितरण गर्न खोजिएको बताए। तर हावाहुरी पीडितहरुले भने जनप्रतिनिधिले आफु निकटकालाई पुर्ण क्षती भएका परीवारको सुचीमा राखेको आरोप लगाउदै आएका छन्।

 वडा सदस्य अग्रवहादुर चौधरीले हावाहुरी पीडितलाई दुई हजार माग्दै पूर्ण क्षतीको सुँचीमा नाम राख्ने प्रस्ताव राखेको समेत आरोप पनि लागेको छ। पूर्ण क्षतीको सुचीमा परेका पीडितले १० हजार नगद पाउने भएकोले उक्त सुचीमा नाम राख्न वडा सदस्य चौधरीले पीडितबाट दुई हजार मागेको आरोप लागेको हो ।

वडा कार्यालयमा ताला लागेपछि राहत वितरणको कार्य समेत ठप्प बनेको अध्यक्ष चौधरीको भनाई छ। उनले करिब ५० बढी पिडितलाई मात्रै राहत वितरण गरिएको जानकारी दिए। नगरप्रमुख कर्ण बहादुर हमालले भने गत २३ गते को हावाहुरीको २४ गते जनप्रतिनिधि तथा प्रहरीको रहोवरमा घरघरमा पुगी लगत सँकलन गरीएको बताए ।

उनले क्षतीका आधारमा पुर्ण तथा आंसिक क्षती भएको सुचीमा राखिएको दाबि गरेका छन् ।  यद्धपि वडा सदस्यले पुर्ण क्षतीका विषयमा राखेको प्रस्तावको विषयमा छलफल गरीने बताउदै त्यसको जिम्मा स्वयम सदस्य चौधरीलेनै लिनुपर्ने औँँल्याए ।  
  
 

कमेन्ट लोड गर्नुस