सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरालाई दुर्व्यवहारको आरोप लगाउने रोशनीका श्रीमान अलग बस्ने

२०७६ असोज १६, ११:२७ खबर संवाददाता

तत्कालिन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी  शाहीका श्रीमानले श्रीमतीसंग छुट्टीएर बस्ने निर्णय गरेका छन्। महरा र श्रीमतीबचिको सम्बन्धको विषय बाहिरिएपछि उनका श्रीमान चित्रजंग शाहीले अलग बस्ने निर्णय गरेका हुन्। सामाजिक सञ्जाल फेसबुक मार्फत शाहीले  आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा सार्वजनिक गरेका हुन्।  

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्  । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रियाको निरन्तरताका साथ।’ उनले दुवैजनाको हस्ताक्षर सहितको हस्त लिखित सहमती पत्र पनि फेसबुकमा राखेका छन्। तर शाहीले अहिले भने तत्कालीन सभामुखले आफूमाथि दुर्व्यवहार नगरेको भन्दै बयान फेरिसकेकी छन्। 

कमेन्ट लोड गर्नुस