सुदूर नेपाललाई विश्वसँग जोड्दै

बौलाहा कुकुरको टोकाइबाट एकैदिन ५० भन्दा बढी जना घाइते

। फोटो स्रोत ।
२०७६ असोज १५, ०२:१५ खबर संवाददाता

बौलाहा कुकुरले टोेकेर महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढी घाइते भएका छन्। जिल्लाका विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो। जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको महोत्तरीका प्रहरी प्रहरीले जनाएको छ।

कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरले जनाउको छ। अस्पताल स्रोतका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रेफर गरिएको हो।

बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो। एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस