सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ, दुई जना फरार

२०७६ असोज १५, ०२:०४ खबर संवाददाता

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेललार्ई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो भने सो घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेका थिए। इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। धरानबाट को १ ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस