सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहत वितरणमा विभेद गरेको कृष्णपुरका स्थानीयको आरोप, घुस माग्दै जनप्रतिनिधि

२०७६ असोज १५, ०१:३१ खबर संवाददाता

भुवन भट्ट– धनगढी–राहत वितरणमा भेदभाव गरीएको भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्वर ७ का स्थानीयले विरोध जनाएका छन्। वडा कार्यालयले बुधबार बिहानदेखी सुरु गरेको राहत वितरणमा भेदवाद गरीएको भन्दै स्थानीयहरुले विरोध गरेका हुन्।

स्थानीय नारायणप्रसाद अवस्थीले स्थानीय सरकारले हावाहुरी पीडितको लगत सँकलन गरेको साढे ३ महिना पछि राहत वितरण गरीदा वडा कार्यालयले भेदभाव गरेको बताए। “राहत वितरणमा ढिलाई त भएकै थियो,” उनले भने, “अहिले आएर आफ्ना निकटका चिनेजानेकालाई १० हजार उपलब्ध गराईरहेका छन्, तर वास्तवीक पीडितले राहत पाएका छैनन्।”

वडा कार्यालयलाई तथ्याङ्क माग गर्दा उपलब्ध नगराएपछि आन्दोलीत हुनुपरेको अर्का स्थानीय गणेश प्रसाद अवस्थीले बताए। वडामा पुर्ण क्षती भएका दर्जन घरधुरी मात्रै रहेको बताउदै उनले क्षती नभएकाको समेत पूर्ण क्षती भन्दै राहत रकम वितरण भईरहेकाले आफुहरुले पुर्ण क्षती भएका घरधुरीको जानकारी माग गर्न खोजेको बताए। तर वडा कार्यालयले उक्त विवरण देखाउन नमिल्ने बताएपछि स्थानीय आन्दोलीत भएको बताउँछन्।

स्थानीयले उचित तथ्याङ्कको विवरण प्रस्तुत नगरुञ्जेल राहत नबुझ्ने चेतावनी दिएका छन्। वडा नम्वर ७ का वडा सदस्य अग्रवहादुर चौधरीले हावाहुरी पीडितलाई दुई हजार माग्दै पूर्ण क्षतीको सुँचीमा नाम राख्ने बताएको समेत आरोप लागेको छ। पूर्ण क्षतीको सुचीमा परेका पीडितले १० हजार नगद पाउने भएकोले उक्त सुचीमा नाम राख्न वडा सदस्य चौधरीले पीडितबाट दुई हजार मागेको आरोप लागेको हो।

कतिपय पूर्ण क्षती भएका पीडितको नाम समेत आशिंक क्षती भएको सुचीमा राखिएको छ। गत जेठ २२ र २८ गतेको हावाहुरीबाट प्रभावीत बनेका हावाहुरी पीडितलाई स्थानीय सरकारले राहत वितरणको जिम्मा लिए सँगै वडा कार्यालयले ढिलै भएपनि राहत वितरणको कार्य सुरु गरेको जनाएको छ।

वडा अध्यक्ष कल्लु रानाले राहत वितरणमा ढिलाई भएको बताउँदै सँकलीत लगतका आधारमा बुधबारबाट राहत वितरणको कार्य अगाडी बढाईएको बताए। आफुहरुले कसैलाई पनि काखाँपाखा नगरेका बताउदै उनले सँकलीत लगत तथ्याँङ्कका आधारमा राहत वितरण गरिरहेको बताए। उनले वडामा पुर्ण क्षती भएका १५ परीवार रहेको बताउदै सबै परीवारलाई १० हजारका दरले राहत वितरण गरिने बताए। त्यस्तै आंसिक तथा सामान्य क्षती भएका ८ सय ८४ परीवारलाई एक हजार ५ सय २५ का दरले राहत वितरण भईरहेको छ।

कमेन्ट लोड गर्नुस