सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू काश्मीरमा एक सय ४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा

२०७६ असोज १५, ११:४१ खबर संवाददाता

भारत प्रशासित जम्मू काश्मीरमा एक सय ४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ। भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित एक सय ४४ नाबालिकलाई हिरासतमा लिएको पाइएको हो। 

जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ। भारतले २० साउनमा संविधानको धारा ३७० खारेज गर्दै जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो। विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो। कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवासमेत बन्द गराइएको थियो।

अहिलेसम्म पनि जम्मु कश्मीरको अवस्था सामान्य हुन सकेको छैन। लोकतन्त्र र मानवअधिकारलाई कुण्ठित गरेको भन्दै भारतको अन्तराष्ट्रियस्तरमा विरोध भइरहेको छ।

कमेन्ट लोड गर्नुस