सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष सिंहलाई सम्मान सहित विदाई

२०७६ असोज १४, ०७:०३

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहलाई सम्मान सहित विदाई गरिएको छ। आज कभर्डहलमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले अध्यक्ष सिंहको सम्मान सहित विदाई गरेको हो। सोही कार्यक्रममा उसु प्राविधिक संघले समेत अध्यक्ष सिंहलाई सम्मान पत्र सहित विदाई गरेको छ भने नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पनि सोही कार्यक्रममा सिंहलाई मायाको चिनो प्रदान गरेको छ। 

विदाई कार्यक्रममा वोल्दै अध्यक्ष सिंहले नेतृत्वमा आउने क्रममा गरेका सबै वाचाहरु पुरा गरेको दावी गरे। उनले केही काम गर्न अझै वाँकी रहेकोले ती कामहरुलाई पनि आगामी दिनमा वाहिर वसेर पनि पुरा गर्नका  लागि पहल गर्ने प्रतिवद्धता जनाए। 

सिंहको कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएको थियो। उनको कार्यकाल आजदेखि सकिएको छ। सिंहको कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो।

उनको  कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक–एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको दावी गरिएको छ। 

खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष शौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम, फाप्ला मैदानका लागि वजेट विनियोजन, प्याराफिट थप, रंगशाला रंगरोगन लगायतका कार्यक्रम पनि गरिएको  दावी गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस