सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट बैतडी र दार्चुला जोड्ने सीमा नाका तीन दिन बन्द हुने

२०७६ असोज १४, ०५:२६ खबर संवाददाता

भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका नाकाहरू तीन दिन बन्द हुने भएका छन्। भारतमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनका लागि सीमा नाका तीन दिन बन्द हुन लागेका हुन्।

असोज १८ गते निर्वाचन हुने भएपछि बैतडीको झुलाघाट नाका असोज १६ गतेदेखि १८ गतेसम्म बन्द हुने छ। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीनदिन सीमा नाका बन्द हुने छ।

यस्तै दोस्रो चरणमा दार्चुलाको सीमापारि रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकोले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म सो क्षेत्रको नाका पनि बन्द हुने जनाइएको छ।

कमेन्ट लोड गर्नुस