सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा लायन्स क्लबद्धारा कपडा बैंक सञ्चालन

२०७६ असोज १४, ०३:१६ खबर संवाददाता

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लायन्स क्लबले कपडा बैंक सञ्चालन गरेको छ। क्लबले आजदेखि भीमदत्त नगरपालिका वडा नम्बर ४ को भगतपुरमा बैँक सञ्चालन गरेको हो। बैँकको एक कार्यक्रमकाबिच लायन्स जिल्ला परिषद् ती सय २५ बी का चिफ अडभाईजर माधव प्रशाद भट्टले गरेका हुन्।

लायन्स क्लब अफ महाकालीका सचिव लक्ष्मीदत्त पन्तले समाजिक सेवाका लागि कपडा बैंक स्थापना गरी सञ्चालनमा ल्याईएको जानकारी दिए। उनले बैँकमा संकलन हुने कपडा विपन्न बर्गका नागरिकलाई वितरण गरिने बताए। बैँकलाई कपडा दान गर्नेहरुको विवरण समेत राखिने बताउँदै उनले जोकोहीले पनि लगाउन मिल्ने खालका कपडा दिन सक्ने बताए। ‘तीनै कपडा आर्थिक विपन्नता भएका व्यक्तिलाई निःशुल्क वितरण गरिनेछ।’ पन्तले भने। 
   

कमेन्ट लोड गर्नुस