सुदूर नेपाललाई विश्वसँग जोड्दै

महरा प्रकरण : प्रहरीले अनुसन्धान थाल्यो

। फोटो स्रोत ।
२०७६ असोज १४, ०३:०३ खबर संवाददाता

महिला दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदको राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ। मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीले जनाएको छ।

सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। सांसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन्।

कमेन्ट लोड गर्नुस