सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७ वर्षदेखि फरार रहेका एक व्यक्ति गुफाभित्र भेटिए

। फोटो स्रोत ।
२०७६ असोज १४, ०२:०८ खबर संवाददाता

१७ वर्ष देखि फरार रहेका एक व्यक्तिलाई गुफाबाट पक्राउ गरेका छ। चिनियाँ प्रहरीले १७ वर्षदेखि फरार रहेका सोङ जियाङ नाम गरेका ती व्यक्तिलाई ड्रोनको सहायताबाट एउटा गुफाबाट पक्राउ गरेको हो। महिला तथा बालबालिका बेचबिखनको अभियोगमा सजाय भोगिरहेका उनी सन् २००२ मा कैदी शिविरबाट फरार भएका थिए। 

६३ वर्षीय ती व्यक्तिले आफूलाई समाजबाट अलग राखेर आफ्नो गृह प्रान्त युन्नानको पहाडी इलाकामा आफू बस्ने घर बनाएर बसेको बताइएको थियो। राज्यका सञ्चारमाध्यमको अनुसार प्लास्टिकको बोत्तलमा नदीको पानी जम्मा गरेर, आगोको लागि रुखको हाँगा प्रयोग गरेर ती व्यक्तिले जीवनयापन गरिरहेका थिए।

तस्बिरहरुमा गुफाको पछाडि चट्टानमा खाट बनाइएको छ। पुरानो धुवाँ रंगको कालो भाडोमा खान पकाउन प्रयोग गरिएको देखिन्थ्यो। भागेको यति लामो समय भैसकेपछि उनीसँग सम्पर्क गर्न प्रहरी अधिकारीहरुलाई निकै कठिन भएको थियो। अभियुक्त जियाङ लुकिर बसिरहेको ठाउँको बारेमा योङशान प्रहरीले आफ्नो विच्याटबाट पत्ता लगाएको थियो। यो सूचनाको सहयोगबाट उनी बसिरहेको पहाडसम्म र्पुयायो।

त्यसपछि नियमित खोजपछि ड्रोनको माध्यमबाट ती व्यक्ति भेटिन सफल भए। ड्रोनले एउटा पहाडको भिरमा नीलो रंगको छत भएको ठाउँ देखायो र त्यसपछि प्रहरीहरु गुफानजिक पुगे र उनलाई फेला पारे। अहिले उनलाई फेरि जेल पठाइएको अधिकारीहरुले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस