सुदूर नेपाललाई विश्वसँग जोड्दै

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

२०७६ असोज १४, ०१:२७ खबर संवाददाता

संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा दिएका छन्। 

दिउँसो नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएसँगै उनले राजीनामा दिएका हुन्।

नेकपाका  नेता समेत रहेका महरामाथि यस्तो आरोप लागेपछि नेकपाले मंगलबार बिहान ११ बजे आकस्मिक सचिवालय बैठक बोलाएर महरालाई राजिनामा दिन आग्रह गरेको थियो।  

 

 

 

 

कमेन्ट लोड गर्नुस