सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडा दशैँको तेस्रोे दिन चन्द्रघण्टा देवीको पूजा गरिदै

२०७६ असोज १४, ०८:२९ खबर संवाददाता

बडा दशैँको तेस्रो दिन दिन आज चन्द्रघण्टा देविको पूजा आराधना गरी त्रित्तिया पर्व मनाईँदै छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन्। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ।  यसरी जमरा राखिएको स्थानको नजिकै  जलपूर्ण घडा अथात् कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ।

जसमध्ये तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा आराधना गर्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। 
दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजाआराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ। आश्विन शुक्ल पक्षलाई शक्ति आरधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ।

कमेन्ट लोड गर्नुस