सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असोज १३, ०८:०१ खबर संवाददाता

रोल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ। बसमा अन्य यात्रु भने नभएको  प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस