सुदूर नेपाललाई विश्वसँग जोड्दै

जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपियो : कोइराला

२०७६ असोज १३, ०५:५९ खबर संवाददाता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जागरण अभियानले कांग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन्। सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा र्पुयाउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए।

महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने बताउँदै उनले भने, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ।” काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै सडक र सदन तताउनुपर्ने बताए।

सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक रहेको बताए। जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना समेत गरे। 
 

कमेन्ट लोड गर्नुस