सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी

२०७६ असोज १३, ११:४७ खबर संवाददाता

सर्लाहीमा जंगली च्याउं खाएर एकै परिवारका १२ जना बिरामी भएका छन्। जिल्लाको ईश्वरपुर नगरपालिका– ११ भलुवाईमा आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ६० वर्षीय बृजकुमार माझी, उनकी श्रीमती ५५ वर्षीया राजकुमारी, छोराहरु ३२ वर्षीय पल्टु, ३१ वर्षीय बिल्टु र बुहारीहरु २८ वर्षीया सविता, २७ वर्षीया अञ्जुदेवी, नातिनीहरु ६ वर्षकी रिन्कु, ५ वर्षकी प्रियंका, ३ वर्षकी मेनुका, नातिहरु ४ वर्षका अविनाश, २ वर्षका विकास र १० वर्षका अमित बीरामी भएको प्रहरीले जनाएको छ।

आइतबार राति परिवारका सदस्य सबै जनालाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ। बिरामीमध्ये दुवै जना बुहारीको अवस्था गम्भीर रहेको सर्लाही प्रहरलिे जनाएको छ।

कमेन्ट लोड गर्नुस