सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तर संघ फुटबल प्रतियोगिता हुने

२०७६ असोज १२, ०६:४२ खबर संवाददाता

केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिता हुने भएको छ । नैनादेवी युवा क्लबको आयोजनामा अन्तर संघ फुटबल प्रतियोगिता हुन लागेको हो।

असोज १३ गतेदेखि असोज १८ गतेसम्म धनगढी रंगशालामा केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको हो। प्रतियोगितामा  संघका पदाधिकारी सहित ३५ बर्ष पुगेका चार जना खेलाडी पनि टीममा राख्न पाउने आयोजक नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीले जानकारी दिए। संघमा मताधिकार भएका चार जना खेलाडी टीममा राखे पनि दुई जनाले मात्रै मैदानमा खेल खेल्न पाउने उनले बताए।  

प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन्। प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको छ। समुह ए मा कैलाली जिल्ला फुटबल संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ र कैलाली उद्योग वाणिज्य संघ ररहेका छन्। समुह बीमा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, धनगढी उपमहानगरपालिका, वैंकर्स क्लब धनगढी र निजामति कर्मचारी संघ रहेका छन्। 

प्रतियोगिताको उद्घाटन खेलमा निर्माण र ईटा व्यवसायी संघ भिड्ने भएका छन्। प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोेगिता धनगढी रंगशालामा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक केटिएम वाईकको धनगढीका लागि आधिकारिक विक्रेता वान स्टप अटोमोबाईल्स रहेको छ। 

कमेन्ट लोड गर्नुस