सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता मीनेन्द्र रिजालमाथि आक्रमणको प्रयास

२०७६ असोज १२, ०६:३६ खबर संवाददाता

काँग्रेसका नेता मीनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको छ। तनहुँस्थित रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका उनलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले बाटो अवरोध गर्दै आक्रमणको प्रयास गरेका हुन्।
दमौलीबाट रिसिङ जाँदै गरेका काँग्रेस केन्दीय सदस्य रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। सडक अवरोध पछि युवाको समुह लाठी बोकेकार तैनाथ रहेको रिजालले बताए। प्रशासनको आडमा आक्रमणको प्रयास भएको उनले बताएका छन्। 
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको बताए। 

कमेन्ट लोड गर्नुस