सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानलाई १–० ले पराजित गर्दै माल्दिभ्स साफ यु–१८ मा तेस्रो

२०७६ असोज १२, ०५:२६ खबर संवाददाता

भुटानलाई १–० ले पराजित गर्दै माल्दिभ्सले साफ य–१८ फुटबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको तेस्रो स्थानको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हरायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

तर दोस्रो हाफमा भुटानविरुद्ध माल्दिभ्सले एक गोल गर्यो। उसका लागि इब्राहिम इमरानले भुटानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरे। त्यसपछि भुटान खेलमा फर्कन सकेन र पराजित भयो। यो प्रतियोगितामा नेपाल समूह चरणबाट नै बाहिरिएको थियो। उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

कमेन्ट लोड गर्नुस