सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँको लागि सार्वजनिक गाडीको रुट परमिट खुला

२०७६ असोज १२, ०१:३८ खबर संवाददाता

दशैँको लागि सार्वजनिक गाडीको इजाजत पत्र अर्थात् रुट परमिट आजदेखि खुला गरिएको छ। यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो। यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन्। दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ। विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाण्डौ भित्रिने ठूला गाडी सञ्चालनमा समेत रोक लगाएको छ।

कमेन्ट लोड गर्नुस