सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या

२०७६ असोज १२, ०१:०२ खबर संवाददाता

अमेरिकामा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या गरिएको छ। अमेरिकाको टेक्सासमा भारतीय सिख प्रहरी अधिकारी सन्दीप सिंह धालीवालको गोली हानी हत्या गरिएको हो। ड्युटीको समयमा ट्राफिक लाइटमा कार रोकी राखेको अवस्थामा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरिएको बताइएको छ।

आफैं चलाएको कारमा उनीसहित एक महिला र पुरुष सवार थिए। धालीवाल अमेरिकामा इमान्दार ड्युटी अफिसरका रुपमा परिचित रहेका छन्। सिसिटिभी फुटेजको आधारमा धालीवालाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। धालीवाल विगत १० वर्षदेखि शिख प्रहरी विभागमा कार्यरत थिए।
 

कमेन्ट लोड गर्नुस