सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–ट्वान्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले पायो १५२ रनको लक्ष्य

२०७६ असोज ११, ०७:३२ खबर संवाददाता

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ। १५२ रनको लक्ष्य दिएको छ। इण्डियन एसोसियशन मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले सिंंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो।

सिंंगापुरका लागि टिमोथि डेभिडले अविजित ६४ रनको योगदान दिए।  त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रतथा जनक प्रकाशले अविजित २५ रन मनप्रित सिंंहले १५ रन जोडे। बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए। यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस