सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट

२०७६ असोज ११, ०३:३४ खबर संवाददाता

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ।‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि शनिबार निर्घात कुटपिट भएको हो। उनलाई चितवन प्रहरीले उद्दार गरेको छ। अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो। तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए। लगतै शाहीमाथि कुटपिट भएको बताइएको छ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो। उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस