सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा परि दुई जनाको मृत्यु

२०७६ असोज ११, ०६:४८ खबर संवाददाता

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा शुक्रबार राति भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको जीप दुर्घटना भएको हो।

प्रहरीका अनुसार उक्त दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत र्पुयाइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्।गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस