सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

। फोटो स्रोत ।
२०७६ असोज १०, ०७:१९ खबर संवाददाता

भुटानमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। अरुणाञ्चलको खिरुमबाट भुटानको योङ्फुल्लाका लागि उडेको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हो। हेलिकप्टरमा रेडियो कनेक्सन बिग्रिएपछि दिउसो १ बजेतिर दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनामा एक भारतीय सेनाका राजनिस परमर र भुटानी सेनाका कलजंग वाङ्दीको मृत्यु भएको द हिन्दुले जनाएको छ। उनीहरू दुबै जना पाइलट हुन्। दुर्घटनापछि भारतले उद्धार तथा खोजी गर्न अरू सेना पठाएको थियो।

कमेन्ट लोड गर्नुस