सुदूर नेपाललाई विश्वसँग जोड्दै

खातामा ४५ लाख भेटिएपछि कृषि बैंक ह्याकिङ प्रकरणमा कञ्चनपुरका एक जना पक्राउ

कृषि विकास बैंक ह्याक काण्डमा अन्य स्थानबाट पक्राउ परेका सार्वजनिक गर्दै प्रहरी
कृषि विकास बैंक ह्याक काण्डमा अन्य स्थानबाट पक्राउ परेका सार्वजनिक गर्दै प्रहरी
२०७६ असोज १०, ०४:५७ खबर संवाददाता

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा कञ्चनपुरका पनि एक जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ४ का यज्ञराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनीसंगै पर्वतका २६ वर्षीय गणेश बस्याल र मालती देवी न्यौपाने पनि पक्राउ परेका छन्।

भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। बैंक ह्याकिङ गरी रकम चोरी भएको घटना बुधबार मात्रै सार्वजनिक भएको थियो।

प्रहरीले यसअघि घटनामा संलग्न भएको आरोपमा पटक–पटक गरी १३ जना पक्राउ गरिसकेका छ। जस्मा कैलाली भजनीका पनि दुई जना रहेका छन्। उनीहरुको खातामा पजि १९ लाख भेटिएको थियो।

कमेन्ट लोड गर्नुस